22 Oct, 2024, Tue ddcdang82@gmail.com (+९७७)-०८२-५६००३८
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ १३ गते आइतबार

दाङ जिल्ला लुम्बिनी प्रदेशको विकासोन्मुख जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उतर प्रदेश, पूर्वमा प्यूठान, अर्घाखाची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्यूठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतह देखि २१३ मिटर उचाईबाट शुरु भइ २०५८ मिटर सम्म फैलिएको छ । यो जिल्ला ८२२" देखि ८२५" पूर्वि देशान्तर तथा २७‍३६ मिनट देखि २८‌११ उत्तरी अक्षांश बीच रहेको छ । जिल्लाको कूल क्षेत्रफल २९५५ वर्ग कि.मि. रहेको छ । यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि. मि. र उत्तर दक्षिण चौडाई ७२ किलोमिटर छ । यस जिल्लामा कूल २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । यस जिल्लाको सबै भन्दा अग्लो उचाईमा रहेको ठाउँ बङ्गलाचुली गाउँपालिका अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाईमा रहेको छ । यस दाङ जिल्लाको सदरमुकाम घोराही ६७८ मिटर र तुल्सीपुर ६६३ मिटरको उचाईमा रहेको छ । वि.स.२०७८ काे जनगणना अनुसार दाङ जिल्लाको जनसंख्या ६,७४,९९३ रहेको छ भने जनघनत्व २२८ प्रति वर्ग कि.मि. र बार्षिक जनसंख्या वृद्धिदर १.९२ प्रतिशत रहेको छ  ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ कार्तिक २ गते शुक्रबार